असार १ बाट भृकुटीमण्डपमा सातौं घरजग्गा मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

असार १ बाट भृकुटीमण्डपमा सातौं घरजग्गा मेला

काठमाडौं, २९ जेठ । असार १ बाट राजधानीको भृकुटीमण्डपमा सातौं घरजग्गा मेला आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले सोमबार पत्रकार सम्मेलन गरी असार १ गतेबाट ५ गतेसम्म हुने मेलाको बारेमा जानकारी गराएको हो ।

मेलामा भूकम्प पछीका नवीनतम उत्पादनको बारेमा जानकारीका साथै उपभोक्तालाई रियल स्टेट व्यवसायको वास्तविक स्थिती, सही छनोट र समुचित मुल्यका बारेमा जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ । असार ४ र ५ गते नेपालमा दोस्रो पटक हाउजिङ समिटसमेत हुने नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।