कैलाली, २८ जेठ । कैलाली भन्सार कार्यालयले लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ ।चालु आर्थिक वर्षमा ३ अर्व ७८ करोड ९९ लाख ५१ हजार लक्ष्य लिएकामा वैशाख मसान्तसम्ममा ३ अर्व ३२ करोड १७ लाख राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको यो अवधिमा कार्यालयले २ अर्व ४० करोड ८३ लाख २८ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले असार मासान्तसम्म ५५ करोड ८२ लाख ४९ हजार संकलन गर्नुपर्ने छ ।
कैलाली भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थ, निर्माण सामग्री, सवारी साधन, खाद्यान्न, हार्डवेयर लगायतका सामाग्री आयत हुने गरेको छ ।
नेपाल–भारत खुल्ला सीमा नाकाका कारण चोरी निकासी हुँदा राजश्व चुहावट हुने गरेको छ । चोरी निकासी नियन्त्रण गरे राजश्व संकलनमा अझै वृद्धि हुने सरोकारवालाको भानाइ छ ।




