आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट दफाबार छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट दफाबार छलफल हुँदै

pratinidhi sava

काठमाडौं, २७ जेठ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट दफाबार छलफल हुँदै छ ।

बजेटमाथिको दफावार छलफलका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ । पहिलो दिन आज संचार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल गर्ने गरी कार्यसूचि तयार पारिएको छ । संघीय संसद् सचिवालयले असार १ गतसम्म छलफल सक्ने गरी मन्त्रालयगत छलफलको तालिका बनाएको छ ।

सांसदहरुले छलफलमा भाग लिने पालो सकिएपछि मन्त्रीहरुले आ आफ्नो मन्त्रालयको बजेटबारे जवाफ दिनेछन् । मन्त्रीहरुले जवाफ दिएपछि बजेट पास गरिने छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गत १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);