एजेन्सी, २ भदौ । अस्ट्रेलियाली संसद् सिनेटमा हिजो बिहीबार दक्षिणपन्थी नेतृ पालिन ह्यान्सन प्रवेश गरेपछि उनले लगाएको पोशाक देखेर सबै अचम्भित बने।
सिनेटमा बुर्का लगाएकी नेतृ पालिन ह्यान्सन प्रवेश गरेपछि विपक्षी पार्टीका नेताले उभिएरससम्मान अभिवादन गरे भने मन्त्री जर्ज ब्रान्डिसले ह्यान्सनको यस स्टन्टको आलोचना गरे।
अस्ट्रेलियामा बुर्कामाथि प्रतिबन्ध लगाउनुपर्ने आफ्नो पार्टीको मागमा ध्यानाकर्षण गराउन बुर्का लगाएर सिनेटमा बुर्का लगाएर गएको नेतृ ह्यान्सलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
मन्त्री ब्रान्डिसले भावनात्मक भाषण गर्दै भने- ह्यान्सनले यसरी बुर्का लगाएर सिनेटमा आउनुले इस्लाममा विश्वास राख्ने लगभग ५ लाख अस्ट्रेलियालीमा अलगाववादी सोच पैदा हुने खतरा छ।
सदनमा स्वाँस्वाँ गर्दै पुगिन् ह्यान्सन
अस्ट्रलियाली ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार सदनमा प्रवेश गर्ने क्रममा ह्यान्सन स्वाँस्वाँ गर्दै हतारिँदै पुगेकी थिइन् । सो अवसरमा एक सिनेटरले चकित हुँदै भने— ओहो ! यो के हुँदै छ ? सिनेट प्रमुख स्टेफल पेरीले स्पट गरेका छन् कि चेम्बरमा प्रवेश गर्नुअघि नै ह्यान्सनको पहिचान गरिएको थियो । ह्यान्सनले पछि बुर्का हटाएकी थिइन् । अस्ट्रेलियामा बुर्कामाथि प्रतिबन्ध लगाउने उनी र उनको पार्टीको मागमाथि सिनेटमा पछि बहस हुनेछ । ह्यान्सनले एक बयानमा भनेकी छिन्— जनताबीच आफ्नो अनुहार पूरै ढाक्नु आधुनिक अस्ट्रेलियाको एक महत्वपूर्ण मुद्दा हो ।
लेबर र ग्रिन पार्टीले गरे ब्रान्डिसलाई समर्थन
अर्कातर्फ ब्रान्डिसको भाषणलाई लेबर र ग्रिन पार्टीले समर्थन गरेका छन् । उनीहरूका सिनेटरले उनको भाषणपछि उभिएर उनलाई बधाई दिएका थिए । लेबर पार्टीका सिनेटर पेनी बोंगले भने— पोसाकलाई धार्मिक विश्वासका रूपमा लगाउनु एउटा विषय हो भने यस कोठामा एक स्टन्टका रूपमा पहिरिनु अर्कै विषय हो । ग्रिन पार्टीका नेता रिचर्ड डी नटाले भने कि ब्रान्डिसले अत्यन्त प्रभावशाली, भावनात्मक र व्यक्तिगत प्रतिक्रिया दिएका छन् ।