काठमाडौं, २४ जेठ । रुस विश्वकप आउन एकसाता मात्र बाँकी रहँदा विश्वभर सरगर्मी बढेको छ । नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तताएको छ । सामाजिक संजालमा आफ्नो समर्थक देश र खेलाडीको टिसर्टले रंगाउन थालेका छन् ।
आगामी बिहिबारबाट रुसमा विश्वकप प्रतियोगिता सुरु हुँदै छ । यतिबेला विश्वकपले विश्वलाई नै तताएको छ । फुटबलप्रेमीहरु कुनदेशले उपाधि हातपार्ला भन्ने आंकलन गर्न थालेका छन् ।
चियापसलदेखि चोकचोकमा भेला भएकाहरुको चिया गफ पनि विश्वकप बन्न थालेको छ । यता सामाजिक संजालमा आफ्नो समर्थक देश र खेलाडीको टिसर्टले रंगिन थालेको छ ।
यतिबेला सामाजिक संजालमा पनि बहसको विषय विश्वकप नै बनेको छ । सामाजिक संजाल ट्वीटरमा गायक प्रमोद खरेल लेख्छन् – झुम्कावाली २ रेकर्डिङको तयारी मा छ, विश्वकप अगाडी त आफ्नै ध्यान फुटबल तिर छ, फुटबलको ज्वरो उत्रे लगत्तै गीतले आगो लाउँला ।
त्यस्तै महादव भारती लेख्छन– नेपाल आफैंले विश्वकप फुटबल नखेलेसम्म कुनै पनि देशलाई समर्थन नगर्ने र कसैको जर्सी नलगाउने घोषणा गर्दछु ।
त्यस्तै महेश क्षत्रीको ट्वीट छ – विश्वकपमा सहभागी टिमहरुमा एक से एक स्टार खेलाडीहरु छन, मौका परे तिनिहरुले गोल हान्न सक्छन। जर्मन मात्रै यस्तो टिम हो त्यहाँ कसले गोल हान्छ पक्षलाई पत्तै हुन्न। कहिलेकाहिँ त गोलकिपर खुरुरुरु दौडदैँ गोल ठोक्दिन्छन । विश्व फुटबलको महाकुम्भमा ३२ देश तयारी अवस्थामा छन् ।