बैतडीको गोठलापानी शाहिलेक र गढी बजार क्षेत्रको सडक जीर्ण | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

बैतडीको गोठलापानी शाहिलेक र गढी बजार क्षेत्रको सडक जीर्ण

sadak

प्रेम भाट
बैतडी, २४ जेठ । बैतडीको गोठलापानी शाहिलेक र गढी बजार क्षेत्रको सडक जीर्ण भएको छ । सडक स्तारोन्नतिका लागि बजेट विनियोन भएपनि ठेकेदारले गुणस्तरीय काम नगर्दा जीर्ण भएको हो ।

बैतडीको गोठलापानी शाहिलेक र गढी बजार क्षेत्रको सडक स्तरोन्नतिका लागि बर्सेनि बजेट विनियोन हुन्छ । तर ठेकेदारले गुणस्तरीय काम नगर्दा पीच गरेको बर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेको छ । सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन कठिन हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

सडक डिभिजन कार्यालय बैतडीले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ ।तर सडक स्तरोन्नति नहुँदा अनुगमनमा कसैले चासो दिएको छैन । स्थानीय सरकारले जीर्ण भएको सडक स्तारोन्नति गर्ने प्रतिबद्धता जनाएको छ ।

सडक स्तरोन्नतिमा अनियमितता भएको आशंका गर्दै स्थानीयले अनुगमन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);