नुवाकोट, २३ जेठ । नुवाकोट गोल्डकप प्रतियोगितामा थ्री स्टार क्लब फाइलनमा पुगेको छ । घरेलु टोलि नुवाकोटलाई ४–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब फाइलनमा पुगेको हो ।
खेलको ८ औं मिनेटमा नुवाकोटका दिपेश श्रेष्ठले गोल गर्दै खाता खोलेका थिए । तर थ्री स्टारका लागि खेलको ३८ आंै मिनेटमा अजय मार्टीनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
मार्टिनले नै खेलको ४३ औ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा थ्री स्टारका विजय धिमाल र निराजन खड्काले गोल गरे ।
खेलको म्यान अफ दि म्याच थ्री स्टारका मार्टीन घोषित भए । फाइनलमा थ्री स्टारले पोखरा र पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।