बाढी पहिरोका कारण बाजुराबासीको जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बाढी पहिरोका कारण बाजुराबासीको जनजीवन कष्टकर

badi-pahiro

मदन विश्वकर्मा
बाजुरा, २३ जेठ
। लगातारको असिना पानीसँगै आएको बाढी पहिरोका कारण बाजुराबासीको जनजीवन कष्टकर भएको छ । जलविद्युत केन्द्र डुवानमा पर्दा सदरमुकाम मार्तडी अन्धकार भएको छ । सडक अवरुद्ध हुँदा यातायातका साधान अलपत्र भएका छन् । जिल्ला दैविक प्रकोप उद्धार समितिले सचेतना अपाउन सबैमा अपिल गरेको छ।

लगातारको असिना पानीसँगै आएको बाढी पहिरोका कारण बाजुराबासीको जनजीवन कष्टकर भएको हो । साँफे मार्तडी सडक पक्की बनाएकोे केही हप्ता पनि नबित्तै पहिरोका कारण भासिएको छ । कोल्टी सडक अवरुद्ध हुँदा सवारी साधानहरु बाटैमा अलपत्र परेका छन् । ग्रामिण भेगका सडक बिग्रदा हिउँदको समयमा चल्ने यातायताका साधानहरु चल्न छोडेको छ ।

त्रिवेणी साना जलविद्युत केन्द्रको नहर समेत डुवानमा परेको छ । जसले गर्दा मार्तडीबासी अध्यारोमा बस्न बाध्य छन् । लगातारको असिना पानीसँगै आएको बाढी पहिरोले कृषकहरुले लगाएका खाद्यबाली समेत नष्ट भएको छ । धान, गँहु मकै, कोदो, कागुनो, लगायतका बाली नष्ट भएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले लगातार बर्षा भएकाले बाढी पहिरो आउन सक्ने भन्दै सचेतना अपनाउन सबैमा अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);