सुशील भण्डारी
अछाम, २३ जेठ । अछामका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले एक बर्ष अनुभवमै बिताएका छन् । कानुन, कर्मचारी र भवनको अभावमा काम गर्न नसकिएको जनप्रतिनिधिहरुको भनाइ छ ।
स्थानीय तहका जनप्रतिनिधि आएको एक बर्ष बित्यो । तर, अछामका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरु अझै अन्योलमा छन् । जनप्रतिनिधिहरुले १ बर्ष अनुभवमै बिताएका छन् । जनप्रतिनिधिले एक बर्षमा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको स्थानीयको भनाइ छ।
सोचे अनुसार काम गर्न नसकेको स्वीकार गर्दै जनप्रतिनिधिहरुले कानुन, कर्मचारी र भवनको अभावमा कठिनाइ भएको बताएका छन् ।
निर्वाचनको समयमा खुसी भएका जनता स्थानीय तहबाट प्रभानवकारी काम नभएपछि निरास हुन थालेका छन् । अबको दिनमा निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार काम गर्न स्थानीयले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।