कर्मचारी र कानुनको अभावमा काम गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

कर्मचारी र कानुनको अभावमा काम गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो

फूलमाया आले

काठमाडौं, १७ चैत । स्थानीय तहका जनप्रतिनिधिहरुले आवश्यक कर्मचारी तथा नियम कानुनको अभावमा काम गर्न समस्या भएको बताएका छन् । संविधान अनुसार स्थानीय तह अधिकारसम्पन्न भए पनि अधिकार कार्यान्वयन गर्न भने कठिनाइ भएको उनीहरुको भनाइ छ ।

निर्वाचनका बेला जनतासामु गरेको प्रतिबद्धता पुरा गर्न अहिले स्थानीय तहका जनप्रतिनिधिलाई कठिन भएको छ । संविधानत अधिकार सम्पन्न भए पनि कार्यालय व्यवस्थापन, जनशक्ति अभाव, आवश्यक स्रोतसाधनको अभाव, तथा ऐन, नियम, कार्यविधि निर्माणमा ढिलाइ जस्ता कारण जनप्रतिनिधि अलमलमा परेका छन् ।

सिंहदरबार गाउँ–गाउँमा पुगेको भनिए पनि कानुन अभावमा विनियोजित बजेटसमेत खर्च गर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

२० वर्षसम्म जनप्रतिनिधिविहीन हुँदा कर्मचारीको भरमा चलेको स्थानीय तहमा जनप्रतिनिधि त आए । तर, आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम भने प्रभावित भएको छ । भएका कर्मचारीमा पनि पुरानो सोचाइ हावी हुँदा काम गर्न असहज भएको उनीहरुको गुनासो छ ।

सबै तहको निर्वाचन सम्पन्न भएसँगै अब संघीयता कार्यान्वयन गर्ने बेला आएको छ । तर, आवश्यक कर्मचारी, ऐन कानुन र स्थानीय तहका जनप्रतिनिधिनै अलमलमा पर्दा विकास निर्माणका कामले गति लिन सकेको छैन ।

ताजा समाचार