काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस । प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके पुनः प्रयोग, नसके वहिष्कार गरौं भन्ने नारासहित वातावरण दिवस मनाईंदै छ ।
दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम राखेको छ । दिवसका अवसरमा आज स्वच्छ वातावरण महाअभियान सुरु गरिंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिंदै आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रुत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औल्याएका छन् । उनले वातावरण संरक्षणमा सबैले उत्तिकै जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।
उनले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको भन्दै उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए ।