सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

sanghiya mamila

काठमाडौं, २२ जेठ । स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ।

संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण रिपोर्टले ३४ विभाग स्वीकृत गरेको छ। बाँकी १९ विभागबारे छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ। यसैगरी वनस्पति विभागसमेत थप्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ। ओएनएम सर्भेमा देशभर करिब एक लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखिएको छ। तीमध्ये स्थानीय तहमा करिब ५८ हजार र प्रदेशमा करिब २१ हजार कर्मचारी आवश्यक पर्ने अनुमान छ।

ओएनएमबाट स्वीकृत विभागमा राष्ट्रिय तथ्यांक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, महालेखा नियन्त्रण कार्यालय, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभाग छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार