थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश

नुवाकोट, २१ जेठ । नुवाकोट गोल्डकप प्रतियोगितामा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मदन भण्डारी स्पोस्ट एकेडेमीलाई ३–२ गोलले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

थ्री स्टारको लागि खेलको १२ औ मिनेटमा अनन्त तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । थ्री स्टारकै विदेशी खेलाडी अजय मार्टीनले २८ औ मिनेटमा गोल गर्दै दोब्बर पारे ।

पहिलो हाफमा दुई शुन्यले पछि परेको एकेडेमीका लागि दोस्रो हाफको ७७ औ मिनेटमा सरजन राईले गोल गरे । लगत्तै थ्री स्टारका अनन्त तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको अतिरिक्त समयमा एकेडेमीका माफेल एलोनले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपनि जितका लागि प-याप्त भएन ।

खेलको म्यान अफ दी म्याच दुई गोल गरेका थ्रीस्टारका तामाङ घोषित भए । थ्रीस्टारले सेमिफाइनलमा अब घरेलु टोली नुवाकोटसँग खेल्नेछ ।