‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन भदौमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन भदौमा

bimstek

काठमाडौं, २१ जेठ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्मेलन भदौ १४ र १५ गतेसँगै २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसंग प्रस्ताव गर्ने निर्णय गरेको हो । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारागार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।