सैन्य संरचनामा व्यापक परिवर्तन गर्दै चीन | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८१, शुक्रबार

सैन्य संरचनामा व्यापक परिवर्तन गर्दै चीन

एजेन्सी, १८ जेठ । संसारमा हतियार उत्पादनको होडबाजी चलिरहेका बेला चीनका राष्ट्रपति सी जिन पिङले चिनियाँ सेनालाई प्राथमिकता निर्धारण गर्न निर्देशन दिएका छन् ।

चीनले एकातिर तीन लाख सेना कटौती गर्न लागेको छ भने अर्काेतर्फ बायुसेना नौसेना र मिसाइल क्षमताको बिकासमा जोड दिएको छ ।

सैनिक क्षमताकै बलमा सुपरपावर बन्ने महत्वाकांक्षाले संसारमा हतियारको होडबाजी चलिरहेको छ । साना, मझौला र ठूला राष्ट्रहरुले आणबिक हतियार बिकास गरेर ब्यालेष्टिक मिसाइल समेत परिक्षण र प्रहार गर्दै आएका छन ।

यसैबीच चीन पनि सैन्य शक्तिलाई आधुनीकिकरण गर्न प्रयत्नशील देखिएको छ । राष्ट्रपति सी जिनपिङले चीनियाँ सेनालाई प्राथमिकता निर्धारण गर्न निर्देशन दिएसँगै चीनले अब तीन लाख सैनिक कटौती गर्न लागेको छ ।

सो कुराको जानकारी अमेरिकाको हडसन इष्टिच्यूूटको युुनाइटेड स्टेट्सको नोबेल पावर सेन्टरमा कार्यरत अनुुसन्धानकर्ता ब्रायन मेक्यगार्थले दिएका हुन् । अमेरिकाको सिक्थ फ्लीठको पूूर्व इन्टलीजेन्ट डाइरेक्टर जेम्स फेनलले यही मे महीनामा अमेरिकी काँग्रेसलाई बुुझाएको ६४ पानाको रिपोर्टमा चीनको सैन्य शक्ति बढ्दै गएको उल्लेख छ ।

द्धितिय बिश्वयुुद्ध पछि प्रशान्त महासागर सहित संसारका अन्य महासागर अमेरिकी नौसेनाको राडार अगाडी छ । रुस र भारत जस्ता शक्तिशाली नौसैनिक ताकत पनि अमेरिकाभन्दा पछि रहेको रक्षा बिशेषज्ञहरुको जिकिर छ ।

जवकि केही बर्ष यता अमेरिकी नौसेना बिशेषज्ञ चीनको बढ्दो नौसैनिक ताकतबाट चिन्तित बनेका छन् । अमेरिकी रक्षा बिशेषज्ञहरुको रिपोर्टमा चीन अमेरिकाभन्दा दोब्बर शक्ति भएको नौसेना खडा गर्ने प्रयासमा रहेको उल्लेख छ ।

चीनको नौसैनिक बिकासबाट अमेरिकामा चिन्ता ब्यक्त गरिँदै छ । चीनले हालै आफ्नै बलमा एउटा शक्तिशाली युुद्धपोत निर्माण गरेको छ । जसमा परमाणु क्षमता बिकसित गरिएको छ ।

यसैगरी मे महिनामै चीनले क्लास जीरो ५५ स्तरको दोश्रो जहाज समुुद्रमा सार्बजनिक गरेको थियो । बिवादास्पद दक्षिण चीन सागरमा चीनको युुद्धक जहाज र लडाकु बिमानले उसको सैन्य शक्तिको प्रदर्शन गरेको छ ।

यतिमात्र कहाँ होर, साउथ चाइना समुद्रमा चीनले परमाणु क्षमतायुुक्त बमबर्षक बिमान पनि पठाएर ठूलो प्रगती गरेको अमेरिकी रक्षा बिज्ञहरु बताउँछन । अमेरिकी रक्षा बिज्ञका अनुसार समुुद्रमा अमेरिका भन्दा चीनले १ सय १३ युद्धपोत र पण्डुुब्बी बढी तैनाथ गरेको छ ।

जस अनुुसार चीनको ३ सय ३० युुद्धपोत र ६६ पनडुुब्बी तैनाथ छ भने अमेरिकाको २ सय ११ युुद्धपोत र ७२ पनडुुब्बी तैनाथ रहेको बताइएको छ । यसरी चीनियाँ शक्ति बढ्दै गएको आकलन रक्षा बिज्ञहरुले गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);