काठमाडौँ, १ भदौ । नेपाल पत्रकार महासङ्घको आसन्न २५औँ महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरले तालमेल गरेको छ । तामलेल गरि संयुक्तरुपमा अध्यक्ष पदका लागि गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
युनियन र सेन्टरले उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुल्ला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतल महतो र कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार बन्ने भएका छन् ।
महासङ्घको महाधिवेशन यही भदौ ४ र ५ गते हुँदै छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।