बाढी-पहिरोमा आफन्त गुमाएकाका परिवारलाई ५ लाख दिन सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

काठमाडौँ, १ भदौ । संसदको अर्थ समितिले राष्ट्रिय विपत्ति घोषणा गरी बाढी प्रभावति क्षेत्रमा राहत र पुर्नवासको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

 

समितिको विहिबारको बैठकले राहत र पुर्नवासको काम प्रभावकारी नभएको भन्दै तत्काल राष्ट्रिय विपत्ति घोषणा गरी काम अघि बढाउन निर्देशन दिएको हो ।

 

समितिले बाढी, पहिरो र डुबानबाट मृत्यु भएकाहरुको परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले भारतीय बाँधका कारण तराईको भूमी डुबेको भन्दै समस्या समाधानका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

समितिका सदस्यहरुले राहत वितरणको कामलाई एकद्धार प्रणालीबाटै अघि बढाउँदा उचित हुने धारणा राखेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);