काठमाडौँमा जारी विश्वभरका कम्युनिष्टको सम्मेलन सकियो | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

काठमाडौँमा जारी विश्वभरका कम्युनिष्टको सम्मेलन सकियो

विश्वका कम्युनिष्टको ध्यान नेपालतिर –

काठमाडौं, १७ जेठ । यही जेठ ९ गते विश्वभरका युवा कम्युनिष्टहरु काठमाडौँमा भेला भए । विश्वका कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने उद्देश्यले विश्व युवा कम्युनिष्ट सम्मेलन आयोजना गरिएको बताइएको थियो । त्यसको एकसातालगत्तै ‘विश्व कम्युनिष्ट सम्मेलन’ सम्पन्न भएको छ । यसले नेपालमा विश्वका कम्युनिष्टको चाँसो बढेको पाइएको विश्लेषकहरुले बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्लमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

माक्र्सवादी विचारहरुका बारेमा विश्वका विभिन्न भूभागमा रहेका कम्युनिष्ट, समाजवादी तथा श्रमिक पार्टीकाबीचमा अनुभव आदानप्रदान भएको नेताहरुले बताएका छन ।

बिश्वमा कम्युनिष्टहरु लोप हुँदै गएको हो कि भन्ने लागेता पनि कम्युनिष्ट नेताहरुले भने विश्वमा शासन ब्यबस्थामा मात्र परिवर्तन आएको र संसारभर नै कम्युनिष्टहरुको सञ्जाल फैलिदै गएको दाबी गरेका छन् ।

जनताको मुक्ति र समाज रुपान्तरणलाई कम्युनिष्टहरुले केन्द्रमा राख्ने भएकाले समाजवादले समृद्धि हासिल गरी न्यायोचित वितरण कसरी गर्न सक्छ भन्नेमा कम्युनिष्टहरुको ध्यान रहेको नेताहरुले बताएका छन् ।

सम्मेलनमा सहभागी भारतीय कम्युनिष्ट नेताहरुले पनि कार्लमाक्र्सको विचारलाई नै आत्मसाथ गर्दै विश्वका कम्युनिष्टहरु अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा तीन तहको निर्वाचनपछि कम्युनिष्टहरु शक्तिशाली बनेको र उनीहरुले नै बलियो सरकार बनाएको सन्दर्भमा विश्वका कम्युनिष्टको ध्यान नेपालतिर मोडिएको विश्लेषकहरु बताउँछन् ।

सम्मेलनमा चीन, भारत, भीयतनाम, लाओस, उत्तर कोरिया, दक्षिण अफ्रिका, भेनेजुयला, अष्ट्रेलिया, बंगलादेश, श्रीलंकालगायतका देशका कम्युनिस्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टी एकता अनुकरणयोग्य रहेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);