सन्दिप लामिछाने आवद्ध विश्व–११ र वेष्ट इन्डिजबीचको खेल | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सन्दिप लामिछाने आवद्ध विश्व–११ र वेष्ट इन्डिजबीचको खेल

एजेन्सी, १७ जेठ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आबद्ध विश्व–११ र वेष्ट इन्डिजबीचको खेल आज राति हुँदैछ । खेल नेपाली समय अनुसार राति १०ः४५ मा लण्डनको लर्डस रंगशालामा हुनेछ । टि–ट्वान्टी फर्मायाटमा सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन सन्दिप बुधबार लण्डन पुगेका छन् ।

क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । वेष्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व–११ टोलीको कप्तानी इयान मोर्गनले गर्नेछन् ।

टोलीमा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान तथा नेपालका सन्दिप लामिछाने छन् ।

वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);