मर्मत सम्भारको अभावमा जिर्ण बन्दै चांदनी दोधारा पुल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

कञ्चनपुर, १ भदौ । महाकालीभन्दा पारीका दुई पूर्व गाविस दोधरा चाँदनी जोड्ने एक मात्र पुल मर्मत सम्भार नहुँदा जिर्ण बन्दै गएको छ। पुल बन्यो तर पुलमा मनपरी भारी बोक्ने, मोटरसाईकल लगाएतका साधन जथाभावी चलाउने तर मर्मत सम्भार भने नगर्ने कारणले वर्षौको प्रतिक्षापछि बनेको पुल जोखिममा पर्न थालेको हो।