बाढीले डुबेको विराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

विराटनगर, १ भदौ । साउन २७ र २८ गतेको भीषण बाढीले डुबानमा परेको विराटनगर विमानस्थल आगामी भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। अहिले विराटनगर विमानस्थलमा जमेको हिलो फाल्नका लागि नेपाली सेना परिचालन गरिएको छ। करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउने लगायतका कार्यका जुटेका छन्।

 

वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्र ध्यान केन्द्रित गरिएको, मौसमले खराबी नआएमा भदौ ३ गतेबाट पूर्ण रुपमा सुचारु गर्ने तयारी रहेको नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले बताएका छन्।

 

हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईवटा ट्र्याक्टर र चारवटा दमकल परिचालन गरिएको छ। विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्न सकिने प्रमुख सिंहले बताएका हुन्।

ताजा समाचार