माक्र्सवाद र समाजवाद अन्तर्राष्टिय गोष्ठी काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

माक्र्सवाद र समाजवाद अन्तर्राष्टिय गोष्ठी काठमाडौंमा सुरु

maxbad

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकसित मुलुकको दाँजो नजिक पुगेको दाबी गरेका छन् ।

कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आयोजित माक्र्सवाद र समाजवाद नामक अन्तर्राष्ट्रिय गोष्ठीमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई तीन वर्षमै मुलुकमा समृद्धि ल्याउने दाबी गरे । उनले मुलुक समाजवादतर्फ अघि बढिसकेको भन्दै चाँडै विकसित मुलुकको दाँजोमा पुग्ने दाबी गरे ।

उनले सरकारले सुखी नेपाली, समृद्ध नेपाल नारालाई पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट पार्टी ७० वर्षपछि ट्रयाकमा आएकाले मुलुकमा दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार बनाउन सफल भएको बताए ।

उनले मुलुक आर्थिक समृद्धिको दिशातर्फ अघि बढेको भन्दै अब चिनको विकासलाई हेरेर अघि बढ्ने बताए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले माक्र्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार उपयोगि हुने बताए । दुईसम्म चल्ने गोष्ठीमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको माक्र्सवाद र समाजवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);