२०८१,८,२४
नेकपा एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताएका छन्। सोमवार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे। गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार ९आज०बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन्।
उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए। उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए। उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए।




