दाङ, १२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको महामारी फैलिएको छ । शान्तीनगर–३ चिराघाट लगायतका क्षेत्रमा शुक्रवार रातीदेखि झाडापखालाको महामारी देखिएको हो ।
शान्तिनगरको वाड नम्बर तीनका दुईवटा गाउँमा फैलिएको झाडा पखालाको महामारीका कारण तीन सयभन्दा बढि बिरामी परेका छन् । उनीहरुको शान्तिनगर स्वास्थ्य चौकी र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय माइली खानेपानी उपभोक्ता समितिले वितरण गरेको पानी र खोलाको धमिलो पानी पिउँदा झाडापखलाको महामारी फैलिएको वडाअध्यक्ष बुद्धिराम तिवारीको भनाइ छ ।
स्थानीयहरुले भने प्रदुषित पानीका कारण विभिन्न रोगको संक्रमण देखिने गरेको भन्दै स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।