काठमाडौं, ११ जेठ । मुख्य विपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार लोकतन्त्र मास्न लागी परेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितः कांग्रेसको अबको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता सिटौलाले कम्युनिष्टको एकलौटी सरकार अधिनायकवादतर्फ उन्मुख देखिएको आरोप लगाएका हुन् ।
शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्यमान्यताको दृष्टिले पनि सरकारले सही बाटो लिने सम्भावना नदेखिएको उनको टिप्पणी थियो । संचारकर्मीहरुले समेत सत्तापक्षलाई मात्रै साथ दिएको सिटौलाले आरोप लगाए ।