सर्वसाधारणले अझै सहज रूपमा यात्रा गर्न पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सर्वसाधारणले अझै सहज रूपमा यात्रा गर्न पाएनन्

तेजना पण्डित
ललितपुर, १० जेठ । सरकारले यातयात क्षेत्रमा व्याप्त सिण्डिकेट तोडेको दाबी गरे पनि सर्वसाधारणले भने अझै सहज यात्रा गर्न पाएका छैनन् । सर्वधारणले कोचिएर यात्रा गर्नुपर्ने बाध्यता नहटेको, भाडादरमा एकरुपता नभएको जस्ता गुनासो गरिरहेका छन् ।

यातायात समितिहरुले सिण्डिेट गरेको भन्दै सरकारले यातायात समिति खारेज गरी अनिवार्य रुपमा कम्पनीमा दर्ता गराएर यातायात व्यवस्था विभागमा पञ्जिकरण गरेपछि मात्र रुट इजाजत दिने निर्णय गरेपछि सर्वसाधारण उत्साहित भएका थिए ।

सरकारको निर्णयको विरुद्धमा यातायात व्यवसायी आन्दोलनमा उत्रिए पनि सर्वसाधारणले भने सरकारलाई नै साथ दिएका थिए । र, अन्ततः व्यवसायी सिण्डिकेट नगर्ने सहमति गर्न बाध्य भएका थिए ।

तर, सिण्डिकेट तोडिएपछि सहज यात्रा गर्न पाउने अपेक्षा गरेका सर्वसाधारणको यात्रा अझै सहज हुन सकेको छैन । यातायात क्षेत्रमा देखिएका समस्या अझै उस्तै छन् । कोचिएर यात्रा गर्नुपर्ने, भाडामा एकरुपता नभएको जस्ता समस्या विद्यमान रहेको उनीहरुको गुनासो छ । व्यवसायीहरुले प्रयाप्त मात्रामा सवारीसाधन सञ्चालन समेत नगरेको यात्रुको आरोप छ ।

व्यवसायीहरुले भने आफूसँग भएका सवै सवारीसाधन यथावतरुपमा सञ्चालन भइरहेको दाबी गरेका छन् । अझ, सिण्डिकेट तोडिएपछि अन्य कम्पनीका सवारीसधन समेत थपिएकाले समस्या नभएको व्यवसायीको भनाइ छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव बसन्त भण्डारीले असार मसान्तसम्म आफूहरुलाई कम्पनीमा आउन समय दिएकाले पुरानै अवस्थामा सवारी साधन सञ्चालन भइरहेको बताए । यातायात व्यवस्था विभागले भने चैत्र १८ को कार्यविधि लागु भएपछि हाल रुट अध्ययन र यातायात सेवाको पन्जीकरणको काम भइरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);