यातायातमा देखिएको सिन्डिकेट अझै हटेन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

यातायातमा देखिएको सिन्डिकेट अझै हटेन

syndicate

तेजना पण्डित
काठमाडौं, २१ भदौ । यातायात समितिको एकाधिकार तथा मनोमानीको कारण सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सर्वसाधारणलाई अझै कठिन छ ।

लोकतन्त्रमा एकाधिकार मान्य नहुने भन्दै यातायात क्षेत्रको सिण्डीकेट खारेज गर्न सरकारले निर्णय त ग-यो तर कार्यान्वयनमा अझै पूर्णता आउन सकेन । यातायातमा सिन्डिकेट हटाइएपछि यातायात सहज हुने र सवारी भाडा सस्तो हुने अपेक्षा सर्वसाधारणको थियो । तर सर्वसाधारणको गुनासो जस्ताको तस्तै छ ।

वर्तमान सरकारले गएको बैशाख ४ गते नेपालमा विद्यमान यातायातको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको थियो । यातायातमा व्यवसायीहरुको वर्र्षाैदेखिको सिन्डिकेट अन्त्य भएको भन्दै सरकारी निर्णयको सबै क्षेत्रबाट स्वागत समेत भएकै हो । सरकारी निर्णयको सबैले वाह वाह गरेकै हो ।

तर अहिले सडकमा संचालनमा रहेका लामो दुरीको यातायात होस या छोटो दुरीको यातायातमा व्यवसायीको सिन्डिकेट उस्तै छ । अहिलेको अवस्थालाई हेर्दा लाग्छ, सिन्डिकेटको अन्त्य सरकारी कागजमा मात्रै हो ।

यातायात व्यावसायीहरु भने सरकारले सिण्डीकेट अन्त्यको नाममा यातायात समितिको बैंक खाता रोक्का गर्ने बाहेक केही नगरेको बताइ रहेका छन ।

हाल नेपालमा साना ठुला गरी ३२ लाख २१ हजार ४२ सवारी सधान दर्ता भएका छन् । सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा गरेपछि यातायात व्यवस्था बिभाग तथा कार्यालयहरुबाट एघारसय ८३ यातायात सेवाको पंजिकरण भएको यातायात व्यवस्था विभागमा तथ्याङ्घ छ ।

संख्यामा हेर्दा सार्वजनिक सवारी साधन बढी देखिए पनि चाहिएको बेला सर्वसाधारणले सहजै पाउन नसकिरहेको अवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);