निर्मला हत्याको अनुसन्धान त्रुटी पूर्ण रहेकाे मानव अधिकार आयोगकाे निश्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निर्मला हत्याको अनुसन्धान त्रुटी पूर्ण रहेकाे मानव अधिकार आयोगकाे निश्कर्ष

महेन्द्रनगर, २१ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्त हत्याकाण्डको अनुसन्धान त्रुटीपुर्ण भएको निश्कर्ष निकालेको छ ।

आयोगले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी दोषीलाई कार्वाहीका लागि प्रहरीले शुरुवात देखि नै त्रुटीपूर्ण ढंगले अनुसन्धान गरेको जनाएको हो । आयोगका प्रवक्ता मोहना अन्सारीले प्रमाण संकलनमा प्रहरीले कमजोरी गरेको बताइन् ।

उनले घटना स्थल लगायतका क्षेत्रमा प्रहरीले प्रमाण जुटाउन समेत त्रुटी गरेको आरोप लगाइन् । प्रवक्ता अन्सारीले अनुसन्धानका नाममा प्रहरीले केही नागरिकलाई गैर कानुनी थुनामा राखेको भन्दै आपत्ति जनाइन् ।

पत्रकार सम्मेलनमा कन्चनपुरमा न्याय नपाएका २० वटा महिला हिंसा सम्बन्धी उजुरी परेको जानकारी दिईएको थियो । आयोगले महिला हिंसाका घटना वढ्नुमा सुरक्षाकर्मीको संलग्नता रहनु, सामुहिक घटना घरपरिवार वा नजिकको नातेदारबाट हुने गरेको ठहर समेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);