सिन्डिकेट तोडिए पनि यात्रामा सहजता आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सिन्डिकेट तोडिए पनि यात्रामा सहजता आएन

syndicate

अप्सरा लामिछाने
काठमाडौं, २४ जेठ । सरकारले यातायात क्षेत्रमा सिन्टिकेट हटेको घोषणा गरेको एक महिना पुरा भइसकेको छ । यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोडिएको दाबी गरे पनि सर्वसाधारणले भने परिवर्तन महशुस गर्न पाएका छैनन् ।

पुरानो व्यवस्था हटाइएको र नयाँ ब्यवस्था पनि सुरु नहुँदा यात्रुहरु भने थप समस्या झेल्न बाध्य छन् ।

सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्य गर्न गत बैशाख १८ गते निर्देशिका जारी ग¥यो । निर्देशिका जारी गरेपछि यातायात ब्यबसायीहरु आन्दोलित भए ।

अन्ततः व्यवसायीहरु पनि सिन्डिकेट तोड्न सहमत भए । साथै सरकारले यातायात क्षेत्रलाई ब्यबस्थित एवम प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशिग्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन ग¥यो ।

३० दिनमा काम सक्ने गरी जेष्ठ १७ गते केशवराज शर्माको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यप्रगति भने शुन्य छ । सरकार सिन्डिकेट तोडेको भन्दै दंग परेर बस्ने तर, नयाँ ब्यवस्था लागु नुहँदा झनै अन्योल बढेको छ ।

सरकारले एक महिना अघि सिन्डिकेट अन्त्य भएको घोषणा गर्दा सर्वसाधरण उत्साहीत भएका थिए । व्यवसायीले आन्दोलन गरेर सवारी नचलाउँदा पनि जनताले सरकारलाई साथ दिएको थियो । तर, अझै उनीहरुले सिन्डिकेट अन्त्य भएको महशुस गर्न पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);