प्रेम भाट
बैतडी, १० जेठ । बैतडीको दोगडाकेदार गाँउपालिकाका महिला प्रविधिसँग नजिक हुन थालेका छन् । ग्रामिण क्षेत्रका महिलाहरु प्रविधिबाट टाढा भएकाले उनिहरुलाई कम्प्युटर शिक्षा दिइन सुरु गरिएको छ ।
बैतडीको दोगडाकेदार गाँउपालिकाका महिलाहरु घरको काम भ्याएर कम्प्युटर कक्षा लिन थालेका छन् । वडा नम्बर ३ र ७ का २३ जना महिलाले कम्प्युटर कक्षा लिइरहेका हुन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको संघसंस्था अनुदान शिर्षकबाट कम्प्युटर कक्षा संचालन गरिएको हो । कम्प्युटर सिक्न पाएकोमा महिलाहरुमा खुसियाली छाएको छ ।
२३ जना रहेको कम्प्युटर कक्षामा २१ जना बिवाहित महिलाहरु छन् । ग्रामिण क्षेत्रका महिलाहरु प्रविधिबाट टाढा भएकाले उनिहरुलाई कम्प्युटर शिक्षा दिइन सुरु गरिएको हो ।
महिलाहरुले कम्प्युटर कक्षा मात्रै हैन गाँउपालिकाको सहयोगमा कपडा उद्योग, मौरी पालन, कुखुरा पालन लगायतका तालिम पनि लिइरहेका छन् ।