म्याग्दीमा गुणस्तरहीन मासुको बिक्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्याग्दीमा गुणस्तरहीन मासुको बिक्री वितरण

gunastarhin masu

म्याग्दी, ८ जेठ । म्याग्दीमा व्यवसायीले गुणस्तरहीन मासु बिक्री गर्ने गरेको पाइएको छ । सरकारी टोलीले बेनीबजारमा गरेको अनुगमनका क्रममा व्यवसायीले गुणस्तरहीन मासु बिक्री गर्ने गरेको पाइएको हो ।

पटक पटक सचेत गराउँदा पनि व्यवसायीले गुणस्तरहीन मासु बिक्री गर्दै आएका छन् । अनुगमनका क्रममा मासु पसलहरुमा मूल्यसूची नराखिएको, फरकफरक मुल्य रहेको, म्याद नाघेका मासु बिक्री गरेको र फ्रिजको व्यवस्था नभएका पाइएको छ । व्यवसायीहरुले भने कानुनी प्रक्रिया पूरा गरेरै व्यवसाय सञ्चालन गरेको दाबी गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);