रुकुम पश्चिमको आठबिसकोटमा ८५ लाख राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

रुकुम पश्चिमको आठबिसकोटमा ८५ लाख राजश्व संकलन

rajaswo rukum

रुकुम पश्चिम, ६ जेठ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले एक बर्षको अवधीमा ८५ लाख बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले जनप्रतिनिधीको सपथग्रहण भएको एक बर्ष पुगेको अवसरमा सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले यस आर्थिक बर्षमा नगरपालिकाले १ करोड २ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८५ लाख बढी रकम संकलन भएको जानकारी दिए ।

यस अवधीमा गाउँपालिकाका १४ वटै वडामा गाउँघर स्वास्थ्य क्लिनिक स्थापना, गाउँपालिका रहेका ६१ वटै विद्यालयको अनुमगन गरि मर्ज तथा स्वयकसेवक शिक्षक नियुक्ति, भौतिक पूर्वाधारको क्षेत्रमा ७१ किलोमिटर सडक निर्माण भएको उनले बताए ।