काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकले विधान अनुमोदन गरेको हो ।
अहिले एकता संयोजन समितिको निर्णय अनुमोदन र पार्टी विघटनको निर्णय गर्न दुबै दलको केन्द्रीय समिति बैठक बसिरहेको छ । एमालेको बैठक बालुवाटारमा र माओवादीको बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको हो । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर आजै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।