काँग्रेसमा नेतृत्वको अभाव : पूर्वराष्ट्रपति यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काँग्रेसमा नेतृत्वको अभाव : पूर्वराष्ट्रपति यादव

rambaran-yadav

काठमाडौं, ३ जेठ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले काँग्रेसमा नेतृत्वको अभाव देखिएको बताएका छन् । पूर्व राष्ट्रपति यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रित हुन नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई सुझाव दिए ।

प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता व्यक्त गरे ।

काँग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिएपनि सो पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादवको भनाई छ ।

पूर्व राष्ट्रपति यादवले विपी कोइरालाजस्ता नेताहरुले जनतासँग स्थापित गरेको सम्बन्धलाई समेत काँग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);