काठमाडौं, २ जेठ । अढाई करोड नक्कली नोटसहित काठमाडौँको नयाँ बसपार्कबाट ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।