पेप ग्वार्डियोला बने 'म्यानेजर अफ दि इयर' | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

पेप ग्वार्डियोला बने ‘म्यानेजर अफ दि इयर’

pep guardiola

एजेन्सी, २ जेठ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोला ईंग्लिस प्रिमियर लिगको म्यानेजर अफ दि इयर घोषित भएका छन् । बर्षको उत्कृष्ट प्रशिक्षक बन्दै ग्वार्डियोलाले लिग म्यानेजर्स एसोसियनले प्रदान गर्ने एलएमए म्यानेजर अफ दि इयर अवार्ड हात पारेका हुन् ।

मंगलबार राति आयोजित विशेष समारोहमा लिग म्यानेजर्स एसोसियनले प्रशिक्षक ग्वार्डियोलालाई यो अवार्ड प्रदान गरेको थियो । स्पेनिस प्रशिक्षक ग्वार्डियोलाले म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

यस्तै लिगमा सिटीले कीर्तिमानी १०० अंक जोडेको थियो भने एक सिजनमा अहिलेसम्मकै बढी १०६ गोल गरेको थियो । एलएमए म्यानेजर अफ दि इयर अवार्डका लागि ग्वार्डियोलासंगै लिभरपुलका जोर्गेन क्लोप, बर्नलीका सिन डिचे लगायत पाँच जना प्रशिक्षक मनोनयनमा परेका थिए ।

यस्तै एभर्टनका प्रशिक्षक साम एलरडाईसले हल अफ फेम अवार्ड प्राप्त गर्दा कार्डिफका प्रशिक्षक वार्नोकले स्पेसल अचिभमेन्ट अवार्ड हात पारे । एफए वुमन्स सुपर लिग १ को म्यानेजर अफ दि इयर अवार्ड चेल्सीकी इम्मा हाएस र लिग २ तर्फ मिल्वालका ली ब्रुचले हात पारिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);