काठमाडौं, ३० बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर चिरिञ्जिवी नेपालले बैंक तथा बित्तिय संस्थाहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका छन् ।
आइतबार मेगा बैंक लिमिटेड र नेपाल टुरिजम डेभलपमेन्ट बैंकको संयुक्त कारोवार सुरुवात गर्दै गभर्नर नेपालले बैंक तथा बित्तीय संस्थाहरुले जनताले बचत गरेका रकम मनपरी लगानी गर्नेगरेको गुनासो आएको भन्दै त्यसो नगर्न सचेत गराए । उनले बित्तिय अनुशासन नमान्ने वित्तिय संस्थाहरुलाई कार्बाही गर्ने चेतावनीसमेत दिए ।
नीतीगत स्थायीत्वका लागि राजनिती स्थायीत्व आवश्यक हुने भन्दै उनले अब मुलुक आर्थिक समृद्धितर्फ अगाडी बढ्ने विश्वास व्यक्त गरे । गभर्नर नेपालले पछिल्लो बर्षको तुलनामा ६ प्रतिशतले आर्थिक बृद्धि भएको भन्दै यसलाई आगामी बर्षमा दोब्बर गर्ने दाबी गरे ।