अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एक महिनापछि सिंगापुरमा वार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एक महिनापछि सिंगापुरमा वार्ता हुने

trump n kim

काठमाडौं, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक महिनापछि शिखर वार्ता हुने भएको छ ।

ट्रम्प र किमबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको हो । ट्रम्पले ट्वीटमार्फत किमसँगको भेटवार्ताको समय र स्थान सार्वजनिक गरेका हुन् । ट्रम्पले ट्वीटमा विश्वमा शान्तिका लागि किमसँगको वार्ता विशेष हुने उल्लेख गरेका छन् । ट्रम्प र किमले यसअघि एक अर्कोको आलोचना र उपहास गर्ने गरेकामा ट्रम्पले गत अप्रिलमा विश्वलाई आश्चर्यचकित तुल्याउँदै किमलाई भेट्ने निम्तो स्वीकार गरेका थिए ।

यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो । सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए । सिंगापुरले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);