ओली र प्रचण्डबीच भेटवार्ता, ओलीले गरेको ट्वीटबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओली र प्रचण्डबीच भेटवार्ता, ओलीले गरेको ट्वीटबारे छलफल

oli prachanda

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीच ओलीद्वारा गत सोमबार ट्वीटरमा गरेको ट्वीटबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । पार्टी एकता प्रक्रिया चलिरहेका बेला एमाले अध्यक्ष ओलीले ट्वीटरमार्फत कडा अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका बेला आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्ने भन्दै ओलीले ट्वीट गरेका थिए । यस्तो थियो ओलीकाे ट्वीट :

 

‘सत्ता फेरबदलमा बानी परेकाहरु’ भन्ने अभिव्यक्ति आफुप्रति लक्षित भएको बुझेका माओवादी अध्यक्ष दाहालले त्यसबारे सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । आजको भेटमा पनि अध्यक्ष दाहालले त्यसबारे ओलीसँग जिज्ञासा राखेको स्रोतले बतायो ।

ओलीले भने सरकारले चालेका सकारात्मक कदमको समेत उछित्तो काट्नेप्रति लक्षित गरी ट्वीट गरेको जवाफ दिए । छलफलमा एकता प्रक्रियाबारे भने छलफल भएन ।

पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच धेरै पटक वान टू वान वार्ता भएका छन् । तर, कुनै पनि वार्ता परिणाममुखी हुन सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);