आज कानुन दिवस, विविध कार्यक्रमगरि मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज कानुन दिवस, विविध कार्यक्रमगरि मनाईंदै

sarbochha adalat

काठमाडौं, २६ बैशाख । आज कानुन दिवस, विविध कार्यक्रमगरि मनाईंदै छ । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको आज ६६ वर्ष पुगेको छ ।

बिक्रम संवत २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भएको थियो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । मुलुक संघीयतामा प्रवेश गरेसंगै संविधान अनुरुप कानून निर्माणको कामलाई तीव्रता दिइएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नागरिकको न्यायका लागि कानून निर्माणको वर्षका रुपमा सरकारले काम गरिरहेको छ । संविधान कार्यान्वयनका चरणमा निर्माण गर्नुपर्ने स्थानीय तह र प्रादेशमा पनि मौलिक हकअन्तर्गतका कानून निर्माण भइरहेका छन् ।

सरकारले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा कानून मस्यौदा समिति बनाएको छ । कानून दिवसलाई प्रजातन्त्र र मानवाधिकारको रक्षाका लागि जग बसेको दिनका रुपमा पनि लिइन्छ । सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा सर्वोच्च अदालत, मातहतका अदालत तथा न्यायाधीकरणमा गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ५२९ थान मुद्दा रहेकामा करिब एक लाख ५७ हजार (६१ दशमलव ८८ प्रतिशत) मुद्दा फछ्र्याेट भएको छ भने ९७ हजार ३४ थान मुद्दा फछ्र्योट गर्न बाँकी रहेको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ४ दशमलव ८५ प्रतिशत मुद्दा बढी फछ्र्योट भएको प्रतिवेदनमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);