काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे परामर्श सुरु गरेका छन् ।
सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका कारण प्रधानमन्त्री ओलीले कार्यक्रमबारे परामर्श सुरु गरेका हुन् । ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल गरेका छन् ।
सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ ।