ओलीले नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीले नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने घोषणा गरेका छन । प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममार्फत नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने घोषणा गरेका हुन ।

kp oli

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने घोषणा गरेका छन । प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममार्फत नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने घोषणा गरेका हुन ।

६८ औं प्रजातन्त्र दिवसका अवसरमा आज काठमाडौंको टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सुरु गर्ने महाअभियानमा साथ दिन विदेशीहरुसँग आग्रह गरे । उनले सरकारले जनताको चाहनाबमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रम ल्याउने बताए ।  प्रधानमन्त्री ओलीले नेपाली जनताले युगौंदेखि साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने अवसर प्राप्त भएको भन्दै ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी नेपाल र नेपाली जनताको बृहत्तर हितका लागि जुट्न आव्हान गरे ।

उनले राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल समेत गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);