सरकारद्वारा भारतीय प्रधानमन्त्री मोदीको आसन्न दुई दिने भ्रमणको तालिका स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

सरकारद्वारा भारतीय प्रधानमन्त्री मोदीको आसन्न दुई दिने भ्रमणको तालिका स्वीकृत

narendra modi

काठमाडौं, २५ बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न दुई दिने नेपाल भ्रमणको कार्यक्रमलाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले मोदीको भ्रमणलाई स्वीकृत गरेको हो । मोदीले यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन् । बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका स्वीकृत गरेको छ । निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीले नेपाली श्रमिकको माग गर्दा अब सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनु पर्नेछ ।

बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।