बिहे गर्दै सोनम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिहे गर्दै सोनम

sonam kapur

काठमाडौँ, २४ बैशाख । अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिने भएकी छन् । मे ८ मा उनी व्यवसायी आनन्द आहुजासँग लगनगाँठो कस्दै छिन् ।

यी दुईको प्रेम प्रसंगबारे विगत दुई वर्षदेखि हल्ला चलेको थियो । बुधबार कपुर र आहुजा परिवारले संयुक्त वक्तव्य जारी गर्दै विवाहको खबर सार्वजनिक गरेका थिए । ‘यो समाचार साझा गर्न पाउँदा हामी हर्षित छौं,’ वक्तव्यमा भनिएको छ, ‘निजी मामिला भएकाले परिवारिक गोपनीयता कायम राखिदिनुहुन अनुरोध पनि गर्छौं ।’

विवाह समारोहलाई लिएर अनेक किसिमका समाचार बाहिर आइरहेका छन् । तीन चरणमा बाँडिने विवाह उत्सवको पहिलो दिन मेहेंदीरसंगीत सेरेमोनी हुनेछ । त्यस दिन सोनमले संगीतबद्ध गरेको गीतमा बाबु अनिल कपुरले नृत्य प्रस्तुत गर्नेछन् । दोस्रो दिन वेडिङ समारोह छ । सुटिङमा व्यस्त वरुण धवन र आलिया भट्टले विवाहमा सरिक हुन फिल्म युनिटसँग समय मागिरहेको खबर पनि छ । कान्तिपुरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);