अब शिवपुरीमा पनि केबलकार | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

अब शिवपुरीमा पनि केबलकार

kabalcar

काठमाडौं, २४ बैशाख । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ।

गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो। त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइ सकिएको लगानीकर्ताले बताएका छन्। शिवपुरीमा केबलकार बनाउन शिवपुरी केबलकार एण्ड इको टुरिजम कम्पनी दर्ता गरिएको कम्पनीका अध्यक्ष इन्द्र लामाले बताए।

केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको उनले बताए। कम्पनीमा एक सय ३२ जना प्रबद्र्धक छन्। ‘हामी स्थानीयवासीलाई पनि लगानी गर्न दिनेछौं’, उनले भने ‘स्थानीयको अग्राधिकारसहितको आयोजना बनाउँछौं’। केबलकार निर्माणका लागि झण्डै दुई अर्ब लाग्ने लामाले बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार