कहाँ छन् 'सुन डन' गोरे ? पत्नी भन्छिन् - डिभोर्स दिन्छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कहाँ छन् ‘सुन डन’ गोरे ? पत्नी भन्छिन् – डिभोर्स दिन्छु

sun don gore

काठमाडौं, २१ बैशाख । गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् । तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् ।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरक फरक टोली खटाइएको छ । यसैबीच, सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीेले डिभोर्स दिने बताएका घटनाको विवरणमा उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);