'दुई कोरियाली मुलुकले शान्ति प्रक्रियाको बाटो रोज्नु निकै महत्पूर्ण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘दुई कोरियाली मुलुकले शान्ति प्रक्रियाको बाटो रोज्नु निकै महत्पूर्ण’

काठमाडौं, २० वैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दक्षिण र उत्तर कोरियाले बाह्य मध्यस्थता विना नै शान्ति प्रक्रियामा प्रवेश गर्नु विश्व इतिहासमा नै महत्वपुर्ण रहेको बताएका छन् ।

दुई कोरियाली राष्ट्रबीचको शान्ति वार्ताको स्वागत तथा ऐक्यवद्धता जनाउन बिहीबार राजधानी काठमाडाैँमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दुई कोरियाली मुलुक आफै नै शान्ति प्रक्रियाको बाटो रोज्नु निकै महत्वपुर्ण भएको बताएका हुन् ।

यसलाई अग्रगामी पाईलाको रुपमा नेपालले स्वागत गरिसकेको भन्दै उनले यसले नेपाल र नेपालीलाई पनि अत्यन्तै हर्षित बनाएको बताए । उनले दुई देशबीचको शान्ति शिखर बार्ताले ती देशका नागरिकलाई मात्रै नभई विश्वभर नै शान्तिको सन्देश दिएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);