इरानसँगको परमाणु सम्झौताबाट अलग नहुन अमेरिकालाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

इरानसँगको परमाणु सम्झौताबाट अलग नहुन अमेरिकालाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

antinao gutrrious

काठमाडौं, २० बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अमेरिकालाई इरानको परमाणु क्षमता सीमित पार्ने उद्देश्य लिएको अन्तराष्ट्रिय सम्झौताबाट पछि नहट्न आग्रह गरेका छन् ।

राष्ट्रसंघका महासचिव गुटरेसले मध्यपूर्व खतरनाक अवस्थाबाट गुज्रिरहेको भन्दै सम्झौता संरक्षण गर्न नसकिए युद्धको जोखिम हुने बताए । इरानले सन् २०१५ मा आफ्नो अधिकांश परमाणु कार्यक्रमलाई स्थगित गर्ने सहमति जनाएको थियो । त्यसको बदलामा अन्तराष्ट्रिय समुदायले इरानविरुद्धका धेरै आर्थिक प्रतिबन्धहरू फुकुवा गरिदिएका थिए । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले आफ्नो पक्षको प्रतिबद्धता पुरा नगरेको भन्दै आगामी उक्त सम्झौताबाट अलग हुने चेतावनी दिंदै आएका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरसले उक्त सहमति महत्वपूर्ण उपलब्धि भएकाले त्यसलाई संरक्षण गर्नुपर्ने बताए । उनले राम्रो विकल्प तयार नभएसम्म यसलाई खारेज गर्न नहुने बताए । उनले मध्यपूर्व एकदमै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उक्त सम्झौता खारेज गरिए युद्धको अवस्था समेत आउनसक्ने चेतावनी दिए ।

ताजा समाचार