काठमाडौं, १९ बैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज पनि आंशीक वर्षा हुने भएको छ ।
केही दिनदेखि मौसममा परिवर्तन आई उपत्यका सहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । आज दिनभरको मौसम बदलि नहुने मौसमविदले बताएका छन् । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताए ।
विषेशगरी पश्चिम र पूर्वका केही पहाडी जिल्लामा चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उनले बताए ।