युवाहरु कृषि पेशामा आकर्षित | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

युवाहरु कृषि पेशामा आकर्षित

डडेलधुरा , १८ बैशाख । डडेल्धुराका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । कृषिबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने मोह त्यागेर युवाहरु कृषि पेशमा लागेका हुन् ।

डडेल्धुराका युवाहरु रोजगारका लागि विदेश जाने तयारीमा थिए । जिल्ला पशुसेवा कार्यालय डडेल्धुराले व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकलाई सहयोग गरेपछि युवाहरु विदेशको मोह त्यागेर कृषि पेशामा आवद्ध भएका हुन् । डडेल्धुराको आलिताल, अजयमेरु, भागेश्वर गाँउपालिका र परशुराम नगरपालिकाका कृषकले व्यवसायिक बाख्रापालन सुरु गरेका हुन् । उनीहरुले बार्षिक ३ लाख सम्म आम्दानी गर्न सफल भएका छन् ।

जिल्ला पशुसेवा कार्यालय डडेल्धुराले व्यवसायिक रुपमा पशुपालन गर्नेलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । डडेल्धुराका कृषकले १ लाख ८४ हजार भन्दा धेरै बाख्रा पालेका छन् । यसअघि डडेल्धुरामा मासु अन्य ठाउँबाट आयत गर्ने गरिएको थियो । अहिले कृषकहरुले बाख्रापालन सुरु गरेपछि डडेल्धुरा मासुका लागि अत्मनिर्भर भएको छ ।